“फूलखर्क कल्याणकारी समाज” को ११ औं बार्षिक साधारण सभा तथा छैटौ अधिवेशन पौष २० गते, साझा पार्टी प्यालेस जरङ्खु काठमाडौंमा सम्पन्न गरियो।
भिष्म राज नेपाल ले संचालन गरेको कार्यक्रममा धादिंग जिल्ला समन्वय प्रमुखको प्रमुख श्री नबराज अधिकारीको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामा, यसै वडाका वडा अध्यक्ष एवं पालिकाको प्रवक्ता कुमारबहादुर अधिकारी, ग्यास विक्रेता महासंघ नेपालका अध्यक्ष चन्द्र थापा, राफ्टिङ संघका अध्यक्ष शिव अधिकारी, छहारी सहकारीका अध्यक्ष रामेश्वर अधिकारी, मण्डली भूपू विद्यार्थी क्लबका अध्यक्ष श्रीराम अधिकारी, गंगाजमुना क्लबका अध्यक्ष कालिका वानिया तथा अग्रज पर्यटन व्यवसायीहरू, स्थापनाकालदेखि सक्रिय कार्यसमिति र आजीवन सदस्यहरूको उपस्थिति रहेको थियो।
सहयोगी हातहरूबाट सहयोग लिँदै दुःख–पीडामा रहेका व्यक्तिहरूलाई साथ र सहयोग गर्दै आएको यो संस्थाको पछिल्ला दिनहरूमा आकर्षण निकै बढेको देखिन्छ। २८९ जना आजीवन सदस्यहरू रहेको कल्याणकारी संस्थाको कार्यक्रममा अतिथि वक्ताहरूबाट सामाजिक कार्यमा यसरी क्रियाशील भएर काम गरिरहेको सहयोगी हातहरू, संस्थाको नेतृत्व, र आजीवन सदस्यहरूप्रति प्रशंसा व्यक्त गरिएको थियो।
साधारण सभाले भिष्म राज नेपालको अध्यक्षतामा १५ सदस्यीय नवगठित कार्यसमिति चयन गरि सम्पन्न गरेको थियो ।