फूलखर्क कल्याकारी समाजले गंगा जमुना गाउपालिका -५ ,फूलखर्क केन्द्रित भएर बिगत २०७१ साल देखि सामाजिक कार्य गर्दै आएको हामी सबैलाई जानकारी नै छ । अझै पनि हामी यस संस्था मार्फत समाजको लागि एकजुट बनाएर सुखदुःख को साथी भएर फुलखर्कमा केही योगदान गर्ने उदेश्यले एउटा संस्थाको कार्यालय फूलखर्कमा खोल्दा सहज हुने मनसायका साथ फूलखर्क कल्याकारी समाजका वर्तमान अध्यक्ष श्री भिष्म राज नेपाल (Vishma Raj Nepal) ज्यू ले आफ्नो फूलखर्क स्थित घरको एउटा १४ /१६ को कोठा संस्था लाई आजिवन (संस्था रहेसम्म ) नि: शुल्क संचालन गर्न दिनु भएको छ, साथै संस्था लाई चाहिने फनिचरहरू,कम्प्युटर,दराज तथा अन्य सामग्री संस्था लाई ब्यक्तिगत खर्चमा (एक लाख तीस हजार बराबरको) सहयोग दिनुभएको छ । सो कार्यालय स्थापना गर्न संस्थाको कोषबाट एक रुपैया पनि खर्च गरिएको छैन ।
यस संस्थाको आजीवन सदस्य तथा धादिङ जिल्ला समन्वय प्रमुख श्री नबराज अधिकारी (Nabaraj Adhikari) को प्रमुख अतिथि,पालिकाका पूर्व अध्यक्ष बलबहादुर अधिकारी, वडा अध्यक्ष एवं पालिका प्रवक्ता कुमारबहादुर अधिकारी, नेपाली कांग्रेस धादिङका उपसभापति दलबहादुर अधिकारी, समाजका सल्लाहकार चन्द्रबहादुर थापा, जेष्ठ नागरिक पं राम प्रसाद नेपाल ,पूर्व अध्यक्ष रामकुमार अधिकारी, स्थानीय जनप्रतिनिधिहरू एवं अग्रज व्यक्तित्वहरू, साथै संस्थाका पदाधिकारी तथा कार्यसमितिको बाक्लो उपस्थितिमा गंगा जमुना गाउपालिका -५ , फुलखर्क( डाड्थोक) मा २०८१ माघ ३० गते यस संस्थाको कार्यालय भब्य रुपमा प्रमुख अथिति बाट रिबन काटी उद्घाटन गरिएको थियो ।